९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुलीमा ४० वर्षीया महिलाको शव फेला



सिन्धुली । घ्याङ्लेक गाउँपालिका–२ सातदोबाटोस्थित नाङ्गे डाँडाको जंगलमा करिब ४० वर्षीकी महिलाको शव फेला परेको छ। प्रहरीले मृतकको पहिचान सन्चमाया वाइबा लामा रहेको पुष्टि गरेको छ।

प्रहरीका अनुसार सन्चमाया वाइबा लामा साउन ११ गते हराएकी थिइन्  भने परिवारले साउन १५ गते ईलाका प्रहरी कार्यालय वस्तिपुरमा खोजीका लागि निवेदन दिएको थियो। त्यसपछि खोजतलास जारी राखिएको थियो।

शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।