८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मनोहरा खोला किनारमा सुकुमबासी र नगरप्रहरीबीच झडप



काठमाडौं । मनोहरा खोला किनारका सुकुमबासी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीबीच आज झडप भएको छ।

स्थानीय बस्ती भत्काएपछि आक्रोशित भएका सुकुमबासीले विरोध जनाउँदा प्रहरीसँग संघर्ष भएको हो। केही स्थानीयले प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गर्दा प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई लखेटेको छ।

आज बिहान नगर प्रहरी डोजरसहित टहरामा पुगेका थिए र केही टहराहरू भत्काएका थिए। नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले टहरा भत्काउने कार्यमा संलग्न रहेको जनाएको छ।

स्थानीय सुकुमबासीहरूले वर्षायाममा टहरा भत्काइएपछि आफूहरू विपद् र असुरक्षित महसुस गरिरहेको बताएका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शुक्रबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।