१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


‘नेकपा मओवादीले उद्योग खोल्ने’



कर्णाली
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मओवादीले उद्योग खोल्ने भएको छ ।
 पार्टीका महासचिव महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अब उद्योगको थालनी गर्ने योजना सुनाएका छन् ।
अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उनले आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताएका हुन् र
महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गरे ।
युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन् ।
उनले युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको बताए । महासचिव चन्दले
“जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्”, महाुचिव विप्लवले भने,“जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ । यो चिन्ताको विषय हो ।”
महासचिव चन्दले आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल हुँदा आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गर्ने र पैसाका लागि पलायन हुने सोचबाट ग्रसित हुँदै गएको टिप्पणी गरे । आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  ११ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।