५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


असोज १ देखि सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य



काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी धनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनिवार्य भएको जनाएको छ। विभागले मंगलबार सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा यस निर्देशन पालना गर्न भनिएको हो।

सूचनामा भनिएको छ, “सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्बन्धित कार्यालयमा यथाशीघ्र जानुहुन जानकारी गराइन्छ।”

यो निर्णय २०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयगत समितिको बैठकले अनुमोदन गरेको थियो। बैठकमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरिएको थियो।

यसअनुसार सवारीधनीले अब दर्ता, नामसारी र नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य रूपमा गराउनुपर्नेछ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।