काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागू हुने गरी निगमले मूल्य घटाइएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डुका लागि प्रतिलिटर अमेरिकी डलर ७ रुपैयाँले घटाइएको जनाइएको छ ।
पेट्रोलको मूल्य काठमाण्डु, पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज धनगढी, वीरगञ्जमा १५८.५० रुपैयाँ छ ।









प्रतिक्रिया