११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विषालु किङ कोब्रा भेटियो



ललितपुर । ललितपुर महानगरपालिका प्रहरी बलले ललितपुरको लुभु क्षेत्रभन्दा माथि पर्ने सिस्नेरी क्षेत्रमा भेटिएको विषालु सर्प किङ कोब्रा (काली नाग) नियन्त्रणमा लिएको छ।

प्रहरीको टोलीले सर्पलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर आसपासका स्थानीयलाई जोखिमबाट बचाएको छ। हाल सर्पलाई आवश्यक सुरक्षा उपाय अपनाउँदै सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

प्रहरीले नागरिकहरूलाई सर्प देखिएमा छुन नहुन, तत्काल प्रहरीलाई जानकारी दिन सुझाव दिएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।