२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लाङटाङ घुम्न गएका भक्तपुरका चार जनालाई बेरिङ खोलाले बगायो (नामावली)



काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो ।

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् । उनीहरूसँगै घुम्न आएका अर्का रोज कर्माचार्य जानकारी गराएपछि अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ । उक्त स्थानमा सवारी मार्ग नरहेकाले खोजी कार्यका ढिला हुन गएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।