१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कान्तिलोकपथ सडक अझैं अवरुद्ध



ललितखबर
काठमाडौैंबाट हेटौडा जानेआउने कान्तिलोकपथ सडक बर्षाका अझैं कारण अवरुद्ध छ । गएको शनिबार देशभर परेको अविरल बर्षापछि यो सडक अवरुद्ध भएको हो ।
हेटौंडा काठमाडौं ठूला सवारी साधन ओहोर दाहोर गर्ने भरपर्दो सडकको रुपमा परिचित कान्तिलोकपथको ललितपुर खण्ड भने सुचारु छ । वागमतछी गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले आज दिनभरसम्म मकवानपुर खण्डको पहिरो पञ्छाएपछि सडक सुचारु हुने जानकारी दिए ।
भट्टेडाँडा प्रहरी चौकीका अनुसार सडक अबरुद्ध भएका कारण सवारीहरु लामबद्ध छन् । सडक छिट्टै सञ्चालनको पहल भइरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।