१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सातदोबाटोका डीएसपी यादवको जिम्मेवारी खोसियो, डीएसपी चन्द नयाँ प्रमुख नियुक्त



काठमाडौं । ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ। सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने परम्परा रहे पनि यादवले वृत्त प्रमुखको कमाण्ड सम्हालेको मात्र ६ महिनामै उनलाई हटाइएको हो।

प्रहरी स्रोतका अनुसार यादवलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानिपोखरीमा तानिएको छ। उनलाई प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाइएको छ। उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई सातदोबाटो वृत्त प्रमुखको रूपमा खटाइएको छ। नयाँ वृत्त प्रमुख चन्दले चाँडै कार्यभार सम्हाल्ने तयारी गरिरहेकी छन्।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।