२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका जेनजी शहीद विनोदको परिवारलाई महानगरको ५ लाख सहयोग



काठमाडौं । ललितपुर महानगरले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ललितपुरका सहिद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

ललितपुर महानगरले शुक्रबार एक कार्यक्रम आयोजना गरी ५ लाख आर्थिक सहयोग हस्तन्तरण गरेको हो। महानगरको असोज १० गते बसेको बैठककले शहीद विनोद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग स्वरुप दिने निर्णय गरेको थियो।

महानगर प्रमुख चिरीबाबु महर्जनले सहिद विनोद महर्जनको सम्मानमा आर्थिक सहयोग गरेको बताए। जेनजी आन्दोलनमा धेरै कर्मठ युवाहरुको ज्यान गएकोमा दु:ख व्यक्त गर्दै ललितपुर महानगरको लागि विनोदको निधनले अपुरणीय क्षति भएको बताए। विनोद महानगरको वडा नं.७का बासिन्दा हुन्।

विनोद महर्जनकी दिदी बिना महर्जनले भाइको निधन परिवारलाई मात्रै नभएर देशकै लागि अपुरणीय क्षति भएकोमा दुख व्यक्त गरिन्। उनले विनोदको सम्मान र सम्झनाका लागि शालिक निर्माण गर्न महानगरलाई अनुरोध गरिन्। आर्थिक सहयोग गरेकोमा उनले महानगरलाई धन्यवाद दिइन्।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।