२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका ११ हजार बढी विद्यार्थीको आँखा जाँच्दा १२ सय बढीमा दृष्टिसम्बन्धी समस्या



काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६ सय ३७ जना छात्रछात्राको आँखा जाँच गर्दा १ हजार २ सय ६० जनामा दृष्टि सम्बन्धी समस्या भेटिएको छ ।

स्वास्थ्य विभागले नेपाल नेत्रज्योति संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्ने गरी विद्यालय छनोट गरेर गएको साउन ५ गतेदेखि असार ६ गतेसम्म जाँच गरेको थियो । यस जाँचमा कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो । जसमा ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा थिए ।

जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् १ हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको देख्न नसक्ने खालका समस्या पाइयो । करिब २ दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखामा हुने विभिन्न खालका रोग भेटिए । जाँचपछि आधारभूत र आवश्यकता परेका ११ प्रकारका औषधिहरु वितरण गरिएको थियो ।

विद्यार्थीहरुमा भएको सामान्य आँखाको रोग, दृष्टि दोषहरुमा टाढाको दृष्टि दोष तथा नजिकको दृष्टिमा हुने त्रुटिको अवस्था पत्ता लगाउन जाँच कार्यक्रम गरिएको हो ।

आँखाको नियमित उपचार गर्नु पर्ने विद्यार्थी पहिचान गर्ने, पहिचान भएका सामान्य समस्याको तत्काल उपचार गर्ने, विद्यार्थीहरुमा आँखाको स्वास्थ्य र स्वच्छताका लागि हेरचाह, स्याहारको बानी विकास गराउने, विद्यार्थी, शिक्षक र अभिभावकमा आँखाको स्वास्थ्यका विषयमा सचेतना वृद्धि गराउने कार्यक्रमको उद्देश्य थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।