२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा उछाल, एकैदिन ८ हजार १०० रुपैयाँ मूल्यबृद्धि



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ। यससँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

हिजो सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।