१ असार २०८३, सोमबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


१३ दिनमा ३४ हजार ८ सय बढेको सुनको मूल्यमा आज व्यापक गिरावट



काठमाडौं । काठमाडौं । सुनको मूल्यमा व्यापक गिरावट आएको छ। दसैँयता लगातार उच्च दरमा मूल्यवृद्धि हुँदै आएको सुनको भाउमा आज गिरावट आएको हो।

आज तोलामा पाँच हजार ६ सय रुपैयाँ घटेर सुनको मूल्य दुई लाख ५३ हजार दुईसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा सात हजार एकसय रुपैयाँ बढेर गएको शुक्रबार सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदीको मूल्य आज तोलामा ७५ रुपैयाँ घटेर सुनको मूल्य आज तीन हजार दुईसय ७५ रुपैयाँमा झरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।