१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनार्दन शर्मा माओवादीबाट अलग, प्रगतिशील अभियान नेपाल घोषणा



ललितपुर। नेकपा माओवादी केन्द्रबाट औपचारिक रूपमा अलग हुँदै नेता जनार्दन शर्माले मंगलबार प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन्। ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो नयाँ अभियानको औपचारिक घोषणा गरे।

शर्मासँगै पूर्वउपमहासचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी छोडेर नयाँ अभियान सुरु गरेका हुन्।

जनार्दन शर्माले माओवादीको नेतृत्वमा दश वर्षको संघर्ष र पछिल्लो जेनजी आन्दोलनका माग तथा भावनासँग पार्टी नेतृत्वको असहमति हुँदा आफूहरू एकता प्रक्रियाबाट बाहिरिएको स्पष्ट पारे। उनले विगतको नेतृत्वका खराब क्रियाकलाप र आफूहरूले त्यसमा सघाएको आत्मालोचना गर्दै अब प्रगतिशील र पारदर्शी मार्गमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति : १९ कार्तिक २०८२, मंगलबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।