२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सीताराम कट्टेल धुर्मुस ५२ लाखको लेनदेन मुद्दामा ललितपुर अदालतमा उपस्थित



ललितपुर । चितवन र ललितपुर जिल्ला अदालतमा निर्माण सामग्री आपूर्तिकर्ताहरूले दायर गरेका १९ वटा मुद्दामध्ये एकको तारिखका लागि कलाकार धुर्मुस (सीता राम कट्टेल) आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन्।

धुर्मुसमाथि विभिन्न आपूर्तिकर्तालाई तिर्नु पर्ने करिब १८ करोड ४३ लाख रुपैयाँमध्ये पञ्चकन्या स्टिल्सलाई तिर्नुपर्ने ५२ लाख रुपैयाँसम्बन्धी लेनदेन मुद्दाको आधारमा अदालतमा हाजिर हुन परेको हो।

उनीमाथि निर्माण सामग्री उधारो लिएको तर समयमै भुक्तानी नगरेको आरोपमा आपूर्तिकर्ताहरूले मुद्दा दर्ता गरेका हुन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, आइतबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।