२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेको शानदार बलिङमा विराटनगर किंग्सको तेस्रो जित



काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनको सहयोगमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ। विराटनगरले सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्‍यो।

सन्दीप लामिछानेले ४ ओभरमा केवल ११ रन खर्च्दै ४ विकेट लिए। सूर्य तामाङले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने मर्च्येन्ट डी ल्याङ्गे र शुभम् रन्जनेले १–१ विकेट लिए। जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रन मात्र बनाउन सक्यो, जुन निर्धारित १ सय ३६ रनको लक्ष्यभन्दा ९ रन कम थियो।

विराटनगरले टस हारेर ब्याटिङ गरेको थियो र १३५–७ को स्कोर बनाएको थियो। शुभम् रन्जनेले २९ बलमा ३७ रन बनाउँदै टीमको लागि सर्वाधिक योगदान गरे। बसिरले ३५ बलमा ३ छक्कासहित ३६ रन बनाए भने लोकेश बमले २८ बलमा २ चौका र १ छक्कासहित २६ रन बनाएका थिए। जर्ज मुन्सी १० र मार्टिन गप्टिल १३ रनमा सीमित भए।

जनकपुरको पक्षमा यान निकाले लफ्टी ईटनले ३० बलमा ४१ रन बनाए। ओपनर आसिफ शेख ११ बलमा १३ रनमा आउट भए भने कप्तान अनिल साह १४ बलमा ४ रनमा निराश भए। लाहिरु मिलान्था २२ बलमा २३ रन बनाए भने मयन यादव केवल ४ रनमै आउट भए।

गत वर्ष उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको थियो। तर, यस पटक विराटनगरले सन्दीप लामिछानेको प्रभावशाली बलिङ र समग्र टोली प्रदर्शनको बलमा पल्टो परिणाम ल्याएको छ। साथै, जनकपुरले आफ्नो स्टार अलराउन्डर जिम्मी निसम पोखरा लैजान नसक्दा च्याम्पियन टोलीको प्रदर्शन अपेक्षाअनुसार रहेन।

विराटनगरका लागि यो लगातार तेस्रो जित हो भने जनकपुर लगातार दोस्रो खेलमा पराजय भोगेको छ।

 

प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।