२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


चितवन राइनोजको दोस्रो जित



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले दोस्रो जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले विराटनगरलाई ४८ रनले हराउँदै प्रतियोगितामा दोस्रो जीत दर्ता गरेको हो। यस जितसँगै विराटनगरको अपराजित यात्रामा ब्रेक लागेको छ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै केवल १२६ रन मात्रै बनाउन सक्यो। विराटनगरका लागि मर्चेन्ट डे लेंगेले २२ बलमा ३९ रन बनाए, जसमा २ चौका र ४ छक्का समावेश थियो। प्रतिश जिसीले १२ बलमा ३० रन बनाए भने साम हिजलेटले ११ बलमा २२ रन योगदान गरे।

चितवनका बलरमध्ये रन्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। यो सिजनमा एक खेलमा ५ विकेट लिने उनी पहिलो बलर बने। त्यसैगरी, कमल सिंह ऐरीले २, र सोहेल तनविर, सैफ जेब र कप्तान कुशल मल्लले समान एक–एक विकेट लिए।

पहिले ब्याटिङ गर्दै चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनायो। चितवनका लागि रवि बोपराले ३८ बलमा ६५ रन बनाए भने सैफ जेबले ३० बलमा ३२ रन, देव खनालले २२ बलमा २८ रन, र कप्तान कुशल मल्लले १४ बलमा २० रन बनाए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लेंगेले समान दुई–दुई विकेट लिए भने शुभम रन्जनेले १ विकेट लिए। विराटनगरको पहिलो हारपछि ४ खेलबाट ६ अंक छ। चितवनले दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको छ।

एनपिएल अन्तर्गत बिहीबार दुई खेल हुनेछन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।