काठमाडौं । सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४०० कायम भएको छ। बुधबार ९०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० पुगेको थियो।
महासंघका अनुसार सुनको मूल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार २८० कायम भएको छ।
बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको थियो।








प्रतिक्रिया