२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंकिङ कसुरमा फरार दुई प्रतिवादी ललितपुरमा पक्राउ



ललितपुर । बैंकिङ कसुर मुद्दामा अदालतले सजाय सुनाएका दुई जना फरार प्रतिवादीलाई ललितपुर प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ।

रामेछाप नगरपालिका–५ का ४७ वर्षीय दिपेन्द्र बहादुर सुनुवारलाई १० दिन कैद र रु ३४ लाख २० हजार जरिवाना फैसला भएको थियो। फरार रहेका उनलाई मंसिर ११ गते गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।

यस्तै, ललितपुर महानगरपालिका–२७ सिभिल होम्स बस्ने ४७ वर्षीया बिन्दु बोम्जन लामालाई १ दिन कैद र रु १०,३८८ रुपैयाँ ३५ पैसा जरिवाना फैसला भएको थियो। उनलाई पनि सोही दिन प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ।

दुवै जनालाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शुक्रबार  १ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।