२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रिजर्भ बैंक अफ इन्डियाले नेपालमा एक सय भारुभन्दा माथिका नोटहरु चलाउन दिने



काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले नेपालमा एक सय भारुभन्दा माथिका नोटहरु चलाउन दिने भएको छ। आरबीआईले भारतीय राजपत्रमा एक सूचना जारी गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो। भारतमा सन् २०१६ मा नोटबन्दी हुँदा दुई हजार दरका नोट छापिएका थिए। सन् २०२३ देखि सो नोट समेत छापिन छाडेको छ।

अहिले एक सय दरमाथि पाँच सय र एक हजार दरका भारतीय नोट चलनचल्तीमा छ। यस्तै, नेपाल आउँदा २५ हजार रुपैयाँसम्म भारतीय रुपैयाँ लिएर आउन पाउने व्यवस्था छ। भारतको नोटबन्दी फुकुवा भएसँगै नेपाल भ्रमणमा आउने विदेशी साथै भारतीय पर्यटकलाई यात्रा गर्न सहज हुने भएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।