२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर गोदावरीको उद्योगले उत्पादन गरेको खजुरीको पफ गुणस्तरहीन



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रा.लि.ले उत्पादन गरेको ‘पफ’ बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले परीक्षण गर्दा उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा धेरै मात्रा भेटिएको जनाएको छ।

बजार अनुगमनको क्रममा संकलन गरिएका नमुनाहरूको प्रयोगशालामा परीक्षण गर्दा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी पाइएको र यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्ने देखिएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार उत्पादक कम्पनीले मापदण्ड पालना नगरेको पनि औंल्याएको छ।

खाद्य विभागले ललितपुर, गोदावरी–१० स्थित उद्योगले उत्पादन गरेको ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफ तुरुन्त फिर्ता लैजान र थप बिक्री नगर्न भनेको छ। विभागले यसलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गर्दै बजारमा उपभोक्ताको स्वास्थ्य सुरक्षा प्राथमिकता रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, आइतबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।