१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एकै समय एउटा मात्र सहकारी सञ्चालक हुने व्यवस्था कार्यान्वयन गर्न निर्देशन



काठमाडौं । सहकारी विभागले अब कुनै पनि व्यक्ति एकै समयमा एकभन्दा धेरै सहकारी संस्थाको सञ्चालक बन्न नपाउने प्रावधान कडाइका साथ लागू गर्ने भएको छ। विभागले सोमबार परिपत्र जारी गर्दै देशभरका सहकारी संस्थालाई सो व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन दिएको हो।

सहकारी ऐन, २०७४ को दफा ४१(५) अनुसार एक व्यक्तिले एउटै समयावधिमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन पाउने व्यवस्था छ। तर, विभागमा आएको गुनासोअनुसार केही व्यक्तिहरू विभिन्न सहकारीमा दोहोरो पद सम्हालिरहेको पाइएको थियो।

विभागले यस्तो गतिविधि ऐनविपरीत भएको स्पष्ट उल्लेख गर्दै निर्देशनको पालना नगर्ने सहकारी तथा सञ्चालकहरूलाई ऐन तथा नियमावलीअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

विभागका अनुसार नियमन तथा सुशासन मजबुत बनाउन, जोखिम कम गर्न र सहकारी सदस्यहरूको हित सुरक्षित राख्न यो कदम आवश्यक भएको हो।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।