५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बानेश्वर हाइटबाट रानीहार, ३ वटा तिलहरीसहित गहना चोर्ने गर्ने पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका १० देवीनगरस्थित एक घरबाट नगद तथा सुनका गरगहना चोर्ने एक जना पक्राउ परेका छन् । मंसिर २२ गते १० बजेको समयमा चोरी भएको निवेदनका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा बैतडीको पुर्चौडी नगरपालिका ८ घर भइ काठमाडौं महानगरपालिका १० बानेश्वर हाईटस्थित डेरा गरी बस्ने ४१ वर्षकी गौरी भन्ने गजेन्द्रा लुहारलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मंसिर २५ गते साँझ ६ बजको समयमा चोरीका विभिन्न सामानहरू सहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको को म्याद थप लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट रानी हार १ थान, बाला १ जोर, सुनको छड्के तिलहरी एउटा, माहिली तिलहरी एउटा, कान्छी तिलहरी एउटा र लेडिज घडी थान भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै डेलको ल्यापटप एउटा र प्रिन्टर एक थान पनि फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षकसमेत रहेका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शुक्रबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।