काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा अडिएको छ। यसअघि नेप्से परिसूचक आइतबार १९.९२ र सोमबार १३.८८ अंकले घटेको थियो।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। यस दिन ३२८ वटा स्क्रिप्सको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आइतबार ४ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।







प्रतिक्रिया