काठमाडौं । बैंकिङ कसुर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन २५ दिनपछि थुनामुक्त भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्ने गरी जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा रिहा गर्न लागेको हो।
सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार अनुसन्धानको एउटा चरण पूरा भएको र थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कानुनी म्याद सकिन लागेकाले उनलाई छोडिएको हो।







प्रतिक्रिया