६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ



काठमाडौं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई ठगी गरेको तथा प्रतिबन्धित आर्थिक कारोबारमा संलग्न भएको आरोपमा क्यासिनो वाल्डोका मुख्य सञ्चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार फरार अवस्थामा रहेका क्यासिनो वाल्डोका सञ्चालकलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्ति ७५ वर्षीय चन मन चियाङ रहेको प्रहरीले जनाएको छ।

ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोमा इभेन्ट आयोजना गरी तास खेल्ने क्रममा चिप्स प्रयोग गर्ने र आँखामा विशेष प्रकारको लेन्स लगाएर ठगी गर्ने गरिएको खुलासा केही दिनअघि प्रहरीले गरेको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार क्यासिनोका नेपाली सञ्चालकमध्ये विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश हालसम्म फरार रहेका छन्।

आज पक्राउ परेका चन मन चियाङ क्यासिनो वाल्डोका मुख्य सञ्चालक तथा चिनियाँ लगानीकर्ता रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।