११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी, कीर्तिपुर बस्दै आएका विशाल कटुवाल पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर–११ बस्दै आएका ३८ वर्षीय विशाल कटुवाल रहेका छन्।

प्रहरीका अनुसार कटुवालले एक व्यक्तिलाई न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।