२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकाका खोला किनार मापदण्डविरुद्ध प्रदर्शन



काठमाडौं। उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध सरोकारवालाहरूले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतले अतिरिक्त २० मिटर खुला ठाउँ छाड्नुपर्ने फैसला गरेपछि काठमाडौं महानगरपालिकाले त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

तर सरोकारवालाहरूले यो निर्णयको विरोध गर्दै पुन: प्रदर्शन गरेका हुन्। उनीहरूले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचानमाथि कठोर र निर्मम प्रभाव परेको आरोप लगाएका छन्।

यसअघि पनि सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका थिए। साथै, सरोकार समितिले फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन माग गरेको छ।

प्रदर्शनका क्रममा सरोकारवालाहरूले फैसला कार्यान्वयन नगर्न र समुदायसँग सल्लाह गरी निर्णय पुनर्विचार गर्न काठमाडौं महानगरपालिका समक्ष आफ्नो माग राखेका छन्।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ११ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।