५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वर अत्तरखेल चोकबाट ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ



काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पा समेत ६ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई गएराति उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।