२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


६५ लाखभन्दा बढी चोरीको नगद तथा गरगहना सहित युवक पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–४ बलुवाटारस्थित स्ट्रोर्म नेटवर्क प्रा.लि. र ईको भ्याली प्रा.लि. बाट ठूलो रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार स्ट्रोर्म नेटवर्क प्रा.लि.बाट रु. ४८,७२,६२० र ईको भ्याली प्रा.लि.बाट रु. ८,५८,५४१ गरी कुल ५७ लाख ३१ हजार १६१ रुपैयाँ चोरी गरी फरार रहेका काठमाडौं महानगरपालिका–२ खुर्सीनिटार बस्ने वर्ष २४ का दुर्गा बहादुर के.सी. लाई पक्राउ गरिएको हो।

मिति २०८२।०९।१२ गते राति चोरी गरी फरार भएका उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङ समेतको समन्वयमा दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका–६ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका के.सी.को साथबाट

नगद रकम रु. ६५,१७,१४०,
चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट १५ थान,
चाँदी जस्तो देखिने सेतो धातुको सिक्का (सानो–ठूलो) २८ थान,
चाँदी जस्तो देखिने सेतो धातुको १ थान, Dell कम्पनीको ल्यापटप १ थान बरामद गरिएको छ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।