११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बढ्न थाल्यो काठमाडौंको न्यूनतम तापक्रम



काठमाडौं । माघ लागेसँगै काठमाडौंको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढेको छ। मौसम पूर्वानुमान महाशाखाअनुसार आज (माघ २ गते) बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको हो।
माघ १ गते यो समय काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियोे। यद्यपि बिहान ८ः४५ बजे बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस कायम भएको थियो।

आज (शुक्रबार) को आधिकारिक न्यूनतम तापक्रम पनि उक्त समयमा पुनः मापन हुनेछ। त्यतिबेला बिहान ५ः४५ बजेको सुरुवाती मापनको भन्दा काठमाडौँको न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ।

यसअघि पुस ३० गते (बुधबार) सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो भने पछि बिहान ८ः४५ बजे घटेर २.३ डिग्री सेल्सियस कायम भएको थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।