२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य तोलाकै दुई लाख ७७ हजारभन्दा माथि



काठमाडौँ
सुनको मूल्य तोलाकै दुई लाख ७७ हजारभन्दा माथि उकालो लागेको छ ।

विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको हो । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८ सय कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातु चाँदीको मोल्य रु पाँच हजार ६२५ निर्धारण भएको छ ।

गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ७६ हजार ५ सय र शुक्रबार रु दुई लाख ७७ हजार २ सयमा कारोबार भएको थियोभने बिहीबार एक तोला चाँदी पाँच हजार ४ सय ८५ र शुक्रबार पाँच हजार ६ सय ४५मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५ सय ९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।