काठमाडौ
सुनको मूल्य आज एकैदिन तोलामा दश हजारभन्दा धेरै बृद्धि भएको छ ।
स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४ सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १ सय त्यति नै चाँदीको मोल रु पाँच हजार ९ सय २० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७ सय त्यति नै चाँदीको मोल रु पाँच हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६ सय २५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८ सय १० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७ सय ४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।








प्रतिक्रिया