१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य आज एकैदिन तोलामा दश हजारभन्दा धेरै बृद्धि 



काठमाडौ
सुनको मूल्य आज एकैदिन तोलामा दश हजारभन्दा धेरै बृद्धि भएको छ ।
स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४ सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १ सय त्यति नै चाँदीको मोल रु पाँच हजार ९ सय २० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७ सय त्यति नै चाँदीको मोल रु पाँच हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६ सय २५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८ सय १० मा खरिदबिक्री  भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७ सय ४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बुधबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।