३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै तीन लाखभन्दा माथि पुग्यो



काठमाडौ
सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको नयाँ मुल्य अनुसार तोलाकै तीन लाखभन्दा माथि पुगेको छ ।
बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४ सय त्यति नै चाँदीको मोल रु छ हजार १ सय ९० कायम भएको छ ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १ सय र त्यति नै चाँदीको मोल रु पाँच हजार ९ सय २० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७ सय र त्यति नै चाँदीको मोल रु पाँच हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६ सय २५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८ सय १० मा खरिदबिक्री  भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९ सय ६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०८२, शुक्रबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।