१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धापाखेलमा जेष्ठ नागरिक सेवा केन्द्र निर्माण : सासंद महर्जनको सहयोग, सांसद डा कार्की बोलिनन्



 

धापाखेलमा जेष्ठ नागरिक सेवा केन्द्र निर्माणमा लागि सुरु भएको सप्ताह महायज्ञमा प्रदेश सासंद रघुनाथ महर्जनले सहयोग गरेका छन् भने संघीय सासंद डा तोसिमा कार्कीले सहयोग गर्ने विषयमा केही नबोलि फर्केकी छिन् ।

देशव्यापी १०८ श्रीमद् भागवत सत्संकल्पकर्ता मुमुक्षु उद्धव शर्माको संयोजनमा सुरु भएको यस यज्ञमा आइतबार ललितपुर ३ बाट प्रतिनिधित्व गर्ने वागमती सभा सासंद रघुनाथ महर्जन सहभागी भएर जेष्ठ नागरिक सेवा केन्द्र निर्माण र संचालनका लागि वजेट व्यवस्थापन गर्न इच्छुक रहेको बताए । सांसद महर्जनले व्यक्तिगत ६ हजार सहयोग गर्दै जेष्ठ नागरिक सेवा केन्द्र निर्माणमा बजेटमा समावेश गर्न वैशाख १५ गतेसम्म छलफल गर्न प्रतिनिधिहरु अनुरोध गरे ।

महायज्ञमा पुगेकी ललितपुर ३ की संघीय सासंद डा तोसिमा कार्कीले भने कुनै सहयोगको आशा देखाइनन् । उनी देश बनाउने अभियानमा लागिरहेको भन्दै सप्ताह महायज्ञमा व्यक्तिगत रुपमा सहभागी भएको भन्दै पञ्छिएकी हुन् ।

ललितपुरको धापाखेलमा जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि जनस्तरबाट पहल सुरु भएको हो । दिनानुदिन व्यस्त जीवन बढ्दै जाँदा घरमा बृद्ध वाआमा एक्लै पर्न थालेपछि समुदायस्तरबाट जेष्ठ नागरिकहरुको हेरचाह र संरक्षणका गर्न सेवा केन्द्र सञ्चालनका लागि स्थानीयहरु जुर्मुराएका छन् ।
महानगरअन्र्तगत वडा नं। २३ का विभिन्न संघ संस्था र टोलसुधार समितीले अहिले संप्ताह महायज्ञ आयोजना गरेर सहयोग रकम संकलन गरिरहेको छ ।

महायज्ञको संकल्पकर्ता देवकी खड्का जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि जग्गाको समस्या रहेको बताउछिन् । भन्छिन्, सेवा केन्द्र निर्माणका लागि सबैको सहयोग लिन सकिने भए पनि जग्गाको व्यवस्थापनका लागि सरकारी पहल जरुरी भएको बताउछिन् । भन्छिन्, आवश्यक जग्गा करिव २ करोड पर्छ । हामीलाई त्यो पैसा जुटाएर भवन बनाउन गाह्रो छ ।
महानगर अन्र्तगत २३ नम्बर वडाका वडाध्यक्ष जीवन महर्जन वडाकै विभिन्न संरचनामा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि विकल्प प्रस्तुत गर्दै भन्छन्, सबैको सहयोगमा हामी काम गर्न सक्षम छौं ।

गएको चैत्र २६ गतेबाट सुरु भएको महायज्ञ ०८३ वैशाख ३ गते सम्पन्न हुने कार्यक्रम छ । महायज्ञमा आचार्य श्री ओमप्रकाश सुवेदीले संगीतमत कथा प्रचवन दिइरहेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।