६ असार २०८३, शनिबार | Sat Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


कान्तिलोकपथमा दुर्घटनामा परेर चालकको निधन




बागमती
ललितपुर अन्र्तगत कान्तिलोकपथमा दुर्घटनामा परेर चालकको निधन भएको छ ।
कान्तिलोकपथअन्तर्गत ललितपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको निधनभएकोे हो ।

खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति नै निकालिएको थियो । चालकको शव चालस सिटमा नै भेटिएको उनले जानकारी दिएका छन्। ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताएका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।