१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंसहित देशभर विभिन्न स्थानमा जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ




काठमाडौँ
नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार  जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख २३ हजार पाँच र २२ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, चितवन, भरतपुर ३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ८० हजार ४६५ र चार बुक ताससहित पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।