३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तलेजु भवानीको चोरी भएको ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल



काठमाडौँ
तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ ।

काठमाडौँ महानगरपलिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले  नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेका हुन् । 

डङ्गोलले भने, “काठमाडौँबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पु¥याइएका पुरातात्विक महत्व बोकेका वस्तु कानुनी र  कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै देशमा फर्काउने अभियानमा छौँ ।” 

कुराकानीका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले राख्नुभएको जिज्ञासामा डङ्गोलले विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताएका छन् ।

तलेजु भवानी ९तुलजा भवानी० विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालदेखिको शक्ति, शासन र समृद्धिको प्रतीक हुन् । उनलाई दैवीशक्ति वा मातृशक्तिका रुपमा पुजिन्छ ।

कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीलाई नेपाल भित्र्याएका थिए । त्यसपछिका मल्ल राजाले तलेजुलाई आफ्नो राज्यको प्रमुख संरक्षक र कुलदेवी मानेको इतिहासमा पढ्न पाइन्छ । 

नेवार समुदायमा तलेजु भवानीलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । तलेजु मन्दिरका पुजारीलाई कर्माचार्य भनिन्छ । तलेजु भवानीको पूजा परम्परा गोप्य हुन्छ  । हनुमान ढोका, भक्तपुर र पाटनका तलेजु मन्दिर  यहाँ प्रसिद्ध छन् । उक्त मन्दिर वर्षको एकपटक अर्थात् दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।