२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको पसलमा भेटियाे २९ बोरा म्याद सकिएको चामल



१० असोज । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको राजेन्द्र पसछेको पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ। अनुगमनका क्रममा विभागको टोलीले पनौती नगरपालिका ७मा रहेको ओम श्री पसछे ट्रेडर्सबाट म्याद सकिएको २९ बोरा चामल बरामद गरेको छ।
विभागको टोली बरादम गरेको म्याद सकिएको चालम नस्ट गर्दै ओम श्री पसछे ट्रेडर्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनले ट्रेडर्सबाट ६७ हजार बराबरको म्याद सकिएको चामल बरामद गरिएको बताए।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।