२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिभुवन विमानस्थलबाट ३२० ग्राम सुनसहित २ भारतीय पक्राउ



१८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले विमान स्थलबाट भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरीलाई प्रकाउ गरेको हो ।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाण्डु आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई उक्त विमानस्थलको आगमन लिफ्ट भर्या ङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाइएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।