५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलकी भूमिका सुन्धाराको गेस्ट हाउसमा मृत फेला



२३ असोज । सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका ११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको जानकारी दिएको छ ।

सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।