२३ असोज । काठमाडौं महानगरपालिकाले जारको खानेपानी उत्पादन गर्ने १ कम्पनीलाई १ लाख जरिवाना गरेको छ । अनुगमनका क्रममा त्रिवेणी वेभरेज इण्डस्ट्रिजले उत्पादन गर्ने जारको पानीमा लामखुट्टेको लार्भा फेला परेपछि महानगरले १ लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरको अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा गएर अनुगमन गरेको महानगरका अनुगमन निरीक्षक डा.अवधेश झाले बताए ।
अनुगमनको क्रममा उद्योग क्षेत्रमा समस्या नदेखिए पनि जार फोहोर भएका कारणले लार्भा बसेको हुनसक्ने भन्दै जरिवाना तिराइएको बताइएको छ ।








प्रतिक्रिया