२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’



३० असोज । दशैंमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ। बसपार्क भएर यात्रा गर्ने यात्रुले आफूलाई कुनै स्वास्थ्य समस्या देखिएमा ‘हेल्थ डेस्क’मा गएर परीक्षण गराउन सक्नेछन्।

महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो। महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताए।

हेल्थ डेक्समा काठमाडौं महानगरपालिका वडा नम्बर २६ को टोली खटाइएको छ। उनले २ दिनमा ५०० भन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए। यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।