६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बानेनले भने, ‘नेताज्युहरुले त देश नै बेच्न खोजिसक्नु भो’



ललितखबर
१५ कात्तिक । काठमाडौं महानगरका मेयर बालेन शाहले नेताहरुले देश नै बेच्न खोजेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेन शाहले हिजो मेयर फोरमको बैठक बहिस्कार गरेको सन्र्दभ उठाउदै बैठक बहिस्कार गरेर कसैको अपमान नगरेका स्प्रष्टिकरण दिएका छन् । उनले लेखेका छन्, ‘तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि , काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’
उनले उपत्यकाको १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन भन्दै रोष पोखेका छन् ।
यस्तो छ मेयर बालेन शाहको भनाई ः
१७ वटा नगरपालिकाले कुनै एचष्खबतभ ऋयmउबलथ बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।
नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,
तर काठमाडौं महानगर बिक्रीमा छैन ।
तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।