२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


परिवर्तनकारी शक्तिलाई अप्ठ्यारो पर्ने पुर्वराजा ज्ञानेन्द्रको भनाई


१२ कार्तिक २०७६, मंगलबार  

0
Shares

पुर्वराजा शाह । तस्विर ः एपि

१२ कार्तिक ०७६, ललितपुर । पुर्वराजा ज्ञानेन्द्र शाहले भाईटिकाको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देश दिने क्रममा शाहले देशको परिस्थितीबारे व्याख्या गर्दै परिवर्तनकारी शक्तिलाई अप्यारो पर्न सक्ने हो की भन्दै प्रश्न उठाएका छन् ।
सर्वसाधारणले सरल ढंगले विकाश अनुभव गर्नु पर्ने बताउदै शाहले आजको दिन कसैले कसैको खुट्टा तान्ने र कुरा काट्ने दिन नभएको विचार व्यक्त गरे ।
लक्ष्मी प्रसाद देवकोटा देवकोटाको उद्रण उदृत गर्दै शाहले आफैलाई मेटिएर भए पनि अरुलाई सुख दिनु नै सुख हो भन्दै शाहले थपे, ‘यसरी नै सुख शान्तिका साथ बस्न पाइएयोस् ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका बेला आफूले दिएको सन्देशको मनन गर्न सबैलाई आग्रह गरेका छन् । बहिनी शोभाराज्यलक्ष्मी शाहीबाट भाइटीका ग्रहण गरिसकेपछि संवाददाताहरुसँग बोल्दै पूर्वराजा शाहले दसैँका बेला आफूले दिएको सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।