१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा तीन जना मृत फेला



काठमाडौं
३ मंसिर । राजधानीका विभिन्न ठाँउमा तीन जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कपन मुस्कान चोक, तारकेश्वर नगरपालिका ५ फुलबारी छबेली टोल र मध्यपुर ठिमी नगरपालिका ८ बोडमा एक एक जना मृत फेला परेका हुन् ।
घटना अनुसार बुढानिलकण्ठ नगरपालिका १२ कपन मुस्कान चोक डेरा गरी बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका १० घर भएका ३४ वर्षीय प्रकाश बुढाथोकीको डेरा कोठामा उनकै भाइ ३२ वर्षीय उमेश बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
साथै, काठमाडौं, तारकेश्वर नगरपालिका ५ फुलबारी छबेली टोलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे बस्ने ४६ वर्षीय बद्री भक्त श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।