९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ



१८ मंसिर । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुलुम गाउँपालिका–४ घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २७ को सुरेश कुमार श्रेष्ठ र काठमाडौंको कलंकीका २७ वर्षीय सुरज खड्का रहेका छन्।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।