२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ



२१ मंसिर । सामाजिक सञ्जाल मार्फत चिनजान भई विभिन्न समयमा भेटघाटको क्रममा भएका क्रियाकलापको तस्बिर तथा श्रव्य–दृश्य सम्पादन गरी महिलाका श्रीमानलाई पठाइ चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने वर्ष ४२ को चतुर्मान महतो रहेका छन्। ती महिलाले आफ्नो श्रीमानलाई मेसेजिङ एप मार्फत तस्बिर तथा भिडिओ पठाउँदा चरित्रहत्या हुनुका साथै वैवाहिक जीवनमा समेत असर परेको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
पक्राउ परेका महतोलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।