२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विमानस्थलबाट साढे ६ किलो सुन बरामद, २ विदेशी पक्राउ



२४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिन अघि १४ किलो सुन बरामद घटना सेलाउन नपाउँदै शनिवार राति सुन ल्याएको आरोपमा दुई विदेशी नागरिक पक्राउ परेका छन्।

शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ। ए२४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ।

दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको प्रहरी स्रोतको दाबी छ। उनीहरूको साथबाट बरामद भएको सो परिमाणको तरल सुन फेला परेको बताइए पनि त्यसलाई प्रहरीले बाहिर ल्याएको छैन।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।