५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुणस्तरहिन दूध बिक्री गर्ने भक्तपुरको एक डेरीलाई ३ लाख जरिवाना



२६ मंसिर । गुणस्तरहिन दुग्ध पदार्थमा लेबल उल्लेख नगरी दूध बिक्री गर्ने एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । उपभोक्ता संरक्षण ऐनअनुसार उक्त डेरीले पेय पदार्थ दूधमा अनिवार्य रूपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख नगरेको र लेबलबिनाकै बजार पठाउन लागेको दूधलाई नष्ट गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।